ad ad

राजनीति


बाबुराम र उपेन्द्रको मध्यमार्गी बाटोः संविधान दिवसमा न दिपावली, न कालो झण्डा

बाबुराम र उपेन्द्रको मध्यमार्गी बाटोः संविधान दिवसमा न दिपावली, न कालो झण्डा

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ९:५,

समाजवादी पार्टीले संविधान दिवसमा खुशियाली पनि नगर्ने र कालो दिवसका रुपमा पनि नमनाउने भएको छ।

संविधान जारी गर्न महत्वपूर्ण भूमिका खेलेका डा. बाबुराम भट्टराई र संविधानलाई पुनर्लेखन गर्न माग गर्दै आएका उपेन्द्र यादव नेतृत्वको दल एकीकृत भएर बनेकाे समाजवादी दलले संविधानबारे बिचको बाटो रोजेको हो।

सो दलले विज्ञप्ति प्रकासित गरेर भनेको छ, ‘२०७२ सालको विद्यमान संविधान त्रुटिपुर्ण एवं अपुर्ण रहेकोले संविधान जारी भएको दिन असोज ३ गतेको सन्दर्भमा खुशियालीका रुपमा दिपावली र विरोधका रुपमा कालो दिवस दुबै नमनाउने र त्यस्ता कार्यक्रममा सहभागी पनि नहुने’ निर्णय गरेको जनाएको छ।

साथै सो दिन सातै प्रदेशमा ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने पनि समाजवादी दलले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .