ad ad

राजनीति


नेकपा सचिवालय बैठक आज, अध्यक्षता कसले गर्ला?

नेकपा सचिवालय बैठक आज, अध्यक्षता कसले गर्ला?

नेपालखबर
भदौ २५, २०७६ बुधबार ३:१५,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) बस्दैछ।

दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का प्रेस संयोजक विष्णु सापकोटा (जुगल) ले जानकारी दिए।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली सिंगापुरमा उपचार गरेर फर्किएपछि पहिलोपटक सचिवालय बैठक बस्न लागेको हो।

नेकपा स्रोतका अनुसार आजको बैठकमा पार्टी एकताका बाँकी कामसहित विविध विषयमा छलफल हुने छ।

ओलीले आफू सिंगापुर जानुअघि बैठकको अध्यक्षता गर्ने अधिकार अर्का अध्यक्ष प्रचण्डलाई दिएका थिए।

सोहीअनुसार ९ भदौमा पहिलोपटक प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो।

आजको बैठकमा नेकपामा एकल अध्यक्षको विषयमा पनि छलफल हुनसक्ने स्रोतले जनाएको छ।

सत्तारुढ नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेकपाभित्र एक व्यक्ति, एक पदको व्यवस्था लागू हुनुपर्ने बताउँदै आएका छन्।

उनले दुई अध्यक्षमध्ये एकले सरकार र अर्काले पार्टी चलाउनुपर्ने जिकिर गरेका छन्। यसले पनि नेकपामा प्रचण्डलाई एकल अध्यक्ष बनाउने विषयले चर्चा पाएकाे छ।

तर, आजको बैठकको अध्यक्षता भने ओली आफैँले गर्ने स्रोतको दाबी छ।

सिंगापुर जानुअघिको बैठकमा ओली र बरिष्ठ नेता माधव नेपालबीच चर्काचर्की परेको थियो। त्यसले ओली र नेपालबीच मनमुटाव बढेको छ।

ओली सिंगापुरबाट फर्किपछि पनि नेता नेपाल ओलीलाई भेट्न गएका छैनन्। आजको बैठकमा ओली र नेपालबीच हुने सम्बादलाई पनि महत्वकासाथ हेरिएको छ।

त्यसैगरी बैठकमा पार्टी एकतालाई मजबुद बनाउनेसहित समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन्।

नेकपामा प्रवास कमिटी, जेष्ठ नागरिक मञ्च, लेखा आयोग, अनुशासन आयोग, सल्लाहकार परिषद् र महानगरपालिकाका अध्यक्ष र सचिव टुंग्याउन बाँकी छ।

आजको बैठकमा यस विषयमा पनि छलफल हुने नेकपा स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .