ad ad

राजनीति


नेपाल-चीनबीच तीन समझदारीमा हस्ताक्षर

नेपाल-चीनबीच तीन समझदारीमा हस्ताक्षर

नेपालखबर
भदौ २३, २०७६ सोमबार ९:५८,

नेपाल र चीनबीच तीन समझदारी पत्रमा हस्ताक्षर भएको छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको उपस्थितिमा सोमबार सम्झौता अदानप्रदान भएको हो।

जसमा हिमाल पारीको जिल्ला मनाङमा ३५ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण हुने अस्पताल रहेको छ।

त्यसैगरी गृह मन्त्रालयलाई आपत्तिकालिन सेवाका लागि ५ हजार टेन्ट उपलब्ध गराउने विषयमा पनि सहमति भएको छ। सोको लागत एक करोड ७० लाख रुपैयाँ रहेको छ। चीनका स्टेट काउन्सिलर वाङ यीले बाढी पीडितका लागि १ करोड ६० लाख रुपैयाँको सहयोगको पनि घोषणा गरेका छन्। 

यी सहयोगहरु बैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणको क्रममा चीनले घोषणा गरेको १७ अर्ब रुपैयाको सहयोग अन्तर्गतका हुन्।

दुवै देशका परराष्ट्रमन्त्रीबीच होटल याक एन्ड यतिमा द्वीपक्षीय वार्ता भएको हाे। दुवै देशबीच स्वयंसेवी चिनियाँ भाषा शिक्षकहरुले नेपाली विद्यालयमा चिनियाँ भाषा अध्यापन गराउने विषयमा समेत छलफल भएको छ।

२०७१ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच भाषा शिक्षकको विषयमा सहमति भएको थियो। जसलाई गत वर्ष दोस्रो पटक प्रधानमन्त्री भएपछि भएको चीन भ्रमणको क्रममा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .