मोरङ प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मोरङ जिल्ला कमिटी सदस्य तथा विप्लव समर्थित युवा संघ मोरङका अध्यक्ष रामु मग्राती ‘विपिन’लाई पक्राउ गरेको छ।
सुन्दरहरैचा–२ बाट पक्राउ गरिएका ३२ वर्षीय मग्रातीको घरबाट विप्लव समूहका बिभिन्न दस्तावेजहरू समेत बरामद भएको प्रहरीले जनाएको छ।
उनीमाथि गत २०७५ फागुन ३० बेलबारी नगरपालिका–१० पूर्व पश्चिम राजमार्गमा प्रेसर कुकर बम राखेको घटना सम्बन्धमा अनुसन्धान भई रहेको प्रहरीको भनाई छ।
प्रतिक्रिया