जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले असार २२ गते जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षलाई आयोगमा बोलाइएको छ।
फुटको संघारमा रहेको जसपाका दुवै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै आयोग पुगेका थिए।
उपेन्द्र पक्षको दाबी पछि महन्थ पक्षले २० जना कार्यकारिणी थप गरेको पत्रसहित आफू आधिकारिक भएको भन्दै आयोगमा जवाफ पठाएको थियो।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा ४ मा विवादका पक्षहरुलाई सहमति कायम गर्ने अवसर दिने व्यवस्था अनुसार दुबै पक्षलाई बोलाइएको हो।
प्रतिक्रिया