ad ad

राजनीति


स्काभेटरको बकेटले हानेर वडाध्यक्ष हत्या गर्नेलाई कडा कारबाही गर्न एमालेको माग

स्काभेटरको बकेटले हानेर वडाध्यक्ष हत्या गर्नेलाई कडा कारबाही गर्न एमालेको माग

नेपालखबर
असार १२, २०७८ शनिबार १३:३५,

सर्लाहीको ईश्वरपुर वडा नम्बर ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या गर्नेलाई कडा कारबाही गर्न नेकपा एमाले सर्लाही जिल्ला कमिटीले स्थानीय प्रशासनसँग माग गरेको छ।

भर्खरै खनिएको पोखरी निरीक्षण गर्न जाँदा भएको विवादका क्रममा शुक्रबार राति स्काभेटर चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङले स्काभेटरको बकेटले हानेर वडाध्यक्ष श्रेष्ठको हत्या गरेका हुन्।

एमालेको सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले शनिबार विज्ञप्ति जारी गरी हत्यारालाई कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका हुन्।

‘उहाँलाई स्काभेटरलाई चालकले अन्य व्यक्तिको समेत मिलेमतोमा बकेटले प्रहार गरी हत्या गरिएको देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दोषी जोसुकै भए पनि कडा कारबाही गर्न पार्टी जोडदार माग गर्दछ।’

घटनालगत्तै प्रहरीले स्काभेटर धनी प्रेम दाहाललाई पक्राउ गरेको छ भने फरार चालक तामाङलाई शनिबार बिहान नियन्त्रणमा लिइएको छ। ३५ वर्षीय दाहाल ईश्वरपुर नगरपालिका वडा नम्बर ३ कै स्थायी बासिन्दा हुन् भने तामाङ सर्लाहीकै बरहथवा नगरपालिका–१ का बासिन्दा हुन्।

प्रहरीका अनुसार भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी स्तरोन्नति गर्ने काम भइरहेको थियो। सोही क्रममा शुक्रबार राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, स्काभेटर ठेकेदार दाहाल र चालक तामाङले नजिकैको होटलमा सँगै खाजा खाएका थिए।

राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा तामाङसँग वडाध्यक्ष श्रेष्ठको विवाद भयो। सोही क्रममा पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले स्काभेटर चलाएर वडाध्यक्ष श्रेष्ठलाई बकेटले ठक्कर दिई लडाएको र त्यसपछि माटोले पुरेको पाइएको सर्लाही जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

uml bi12 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .