ललितपुर महानगरपालिका बहुमत कार्यपालिका तथा नगरसभा सदस्यहरुले आज महानगरले प्रस्तुत गर्नलागेको नीति तथा कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन्।
कुल ३९ जना कार्यपालिका सदस्यमध्ये २६ जनाले र कुल ९२ जना नगर सभा सदस्यमध्ये ६६ जनाले बहिष्कार गर्ने घोषणा गरेका हुन्।
बजेट कार्यक्रम कार्यपालिकाबाट पारित गरेर मात्र नगर सभामा उपप्रमुखले पेस गर्नुपर्ने कानुनी प्रावधान रहेको भन्दै उनीहरुले नगर प्रमुखले नीति तथा कार्यक्रम ९ गते कार्यपालिकामा पेस गरेको र कार्यपालिका बहुमत सदस्यले अध्ययन गर्नुपर्छ भन्दाभन्दै नगर प्रमुखले बल मिच्याइँ गरेको उनीहरुले आरोप लगाएका छन्।
कार्यपालिकामा अध्ययनकै क्रममा रहेको नीति तथा कार्यक्रम आजका लागि डाकिएको नगर सभामा उपप्रमुखले पेस गर्न लागेको भन्दै उनीहरुले विरोध गरेका हुन्।
प्रतिक्रिया