भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।
तर थप उपचारका लािग उनी अझै केही समय अस्पतालमै रहनुपर्ने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन्।
स्वकीय सचिव भट्टराईका अनुसार एमालेका वरिष्ठ नेता खनाललाई ज्वरो, टाउको दुख्ने, खोकीजस्ता समस्या ठीक भइसकेका छन् भने अक्सिजन सपोर्ट पनि हटाइसकिएको छ।
‘अहिले भर्खरै मेरो एपोलो अस्पतालमा पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यूसँग प्रत्यक्ष फेस टु फेस भिडिओमा कुराकानी भयो,’ स्वकीय सचि भट्टराईले आइतबार दिउँसो २ बजे सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ। ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ। अक्सिजन सपोर्ट पनि हटाइएको छ। थप स्वास्थ्य उपचारको क्रममा केही समय भने लाग्नेछ।’
हालै कोरोनाको संक्रमणबाट मुक्त भएका पूर्वप्रधानमन्त्री खनाललाई फेरि स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।
‘पोस्ट कोभिड’ भएको आशंका गरिए पनि अन्य समस्या देखिएकाले थप उपचारका लागि यही असार २ गते उनी दिल्ली गएका हुन्।
Shares
प्रतिक्रिया