सुदूरपश्चिम प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ।
२७ जेठमा प्रदेश प्रमुख गंगा प्रसाद यादवले प्रस्तुत गरेको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमत पारित भएको सभामुख अर्जुन बहादुर थापाले घोषणा गरे।
‘प्रस्तुत नीति तथा कार्यक्रमको प्रस्तावमा हुन्छ भन्ने भन्दा हुन्न भन्नेहरुको संख्या न्यून रहेकोले प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु’ सभामुख थापाले प्रदेश सभामा भने।
प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल पश्चात् बहुमतले पारित भएको हो। सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १ गते ४ बजेसम्मका लागि स्थगित भएको छ।
सो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश बहादुर शाहले अगामी वर्षको बजेट प्रस्तुत गर्ने कार्यतालिका छ।
प्रतिक्रिया