ad ad

राजनीति


बजेट अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष मन्त्रिपरिषदको सिफारिस

बजेट अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष मन्त्रिपरिषदको सिफारिस

नेपालखबर
जेठ १५, २०७८ शनिबार ७:१७,

मन्त्रिपरिषद बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

आज विहान बसेको मन्त्रिपरिषद बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतोले बताइन्।

संसद् भंग गरिएको संकटपूर्ण घडीमा अध्यादेशबाट बजेट ल्याउन नहुने भनेर विपक्षी दललगायत विभिन्न पक्षबाट खबरदारी भइरहेका बेला सरकारले आज ४ बजेट सार्वजनिक गर्दैछ।

हरेक वर्ष वार्षिक बजेट विधेयकको रुपमा संसदबाट ल्याउनुपर्ने व्यवस्था भए पनि अहिले प्रतिनिधि सभा विघटन भएकाले सरकारले अध्यादेशमार्फत ल्याउन लागेको हो।

जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .