ad ad

राजनीति


वामदेव गौतमको खुलासा : झापा आन्दोलनका ३ नेता गणतन्त्रको विपक्षमा थिए

वामदेव गौतमको खुलासा : झापा आन्दोलनका ३ नेता गणतन्त्रको विपक्षमा थिए

नेपालखबर
जेठ १५, २०७८ शनिबार ६:१३,

नेकपा एमालेका नेता वामदेव गौतमले चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता गणतन्त्रको विरुद्धमा रहेको खुलासा गरेका छन्।

पार्टीको केन्द्रीय कमिटी बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति आँफू भएको दावी गरेका छन्।

'विडम्बना नै भन्नुपर्छ एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो। त्यो बैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ', उनले शनिबार विज्ञप्तिमार्फत भनेका छन्।

तर गौतमले ती ३ नेता को हुन् भन्ने खुलाएका छैनन्।

नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौ नेता कार्यकर्ता तथा जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको उनले बताएका छन्।

२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड भएको उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .