ad ad

राजनीति


वकिलले उठाए न्यायाधीश श्रेष्ठको निष्पक्षतामाथि प्रश्न, संवैधानिक इजलासमा नराख्न माग

वकिलले उठाए न्यायाधीश श्रेष्ठको निष्पक्षतामाथि प्रश्न, संवैधानिक इजलासमा नराख्न माग

उजिर कार्की
जेठ १४, २०७८ शुक्रबार ८:३१,

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्धको रिटमा भइरहेको सुनुवाइका क्रममा वकिलहरुले न्यायाधीश बमकुमार श्रेष्ठको निष्पक्षतामाथि प्रश्न उठाएका छन्।

प्रतिनिधि सभा विघटनविरुद्धको रिटको पक्षमा बहस गर्नुअघि अधिवक्ता गोविन्द बन्दीले संवैधानिक इजलासमा न्यायाधीश श्रेष्ठलाई नराख्न माग गरेका हुन्।

न्यायाधीश श्रेष्ठले यसअघि नेकपा विघटनको फैसला गरेको भन्दै गम्भीर प्रकृतिको रिटमा उनलाई इजलासमा नराख्न अधिवक्ता बन्दीले माग गरेका हुन्।

१४६ सांसदको रिटमाथि बहस सुरु हुनुअघि बन्दीले भने, ‘उहाँ (बमकुमार श्रेष्ठ)लाई चाहिँ गम्भीर संवैधानिक प्रकृतिको रिटमा नराखियोस्।’

१४६ सांसदको रिट निवेदकको तर्फबाट बहसमा सहभागी उनले बहसअघि नै उक्त प्रश्न उठाए।

बन्दीले प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले व्यक्तिको पछि नलाग्न उनलाई आग्रह गरेका थिए।

प्रधानन्यायाधीश राणाले भने, ‘व्यक्तिको पछि नलाग्नुस्, न्यायाधीशलाई विश्वास गर्नुस्।’

प्रधानन्यायाधीश राणाले बन्दीलाई ‘तपाईंहरुले यो हुन्न भन्नुहुन्छ, अर्को आउला उसलाई फेरि विपक्षीले अर्को हुन्न भन्ला के गर्ने?’ भनी प्रतिप्रश्न गरेका थिए।

बन्दीले न्यायाधीश श्रेष्ठमाथि प्रश्न गरेलगत्तै महान्यायाधिवक्ता रमेश बडालले ‘यो न्यायाधीश हुन्छ र यो हुन्न भन्नु गम्भीर कुरा भएकोले रेकर्डमा राख्न’ भनेका थिए।

उनले भने, ‘यसअघि पनि हरिकृष्ण कार्की हुन्न भनेर बेन्चबाट निकालियो, अहिले बमकुमार श्रेष्ठ हुँदैन भनेर अपमानित गरिँदै छ, अदालतमाथि गम्भीर प्रश्न भयो।’

बडालले यसो भनेपछि प्रधानन्यायाधीश राणाले ‘रेकर्ड गर्नुपरेन, केही गर्दैनौँ, यही बेन्च हुन्छ’ भनेका थिए।

योसँगै आजको बहस रोकिएको छ। १४६ सांसदको रिट निवेदनमाथि अब आइतबार बहस हुनेछ।

प्रधानन्यायाधीश राणाले आइतबार २ बजेसम्म सांसदका तर्फबााट बहस सक्न भनेका छन्।

तर संसद् विघटनविरुद्धका रिट पक्षधर अधिवक्ताले भने न्यायाधीशमाथिको प्रश्न कायमै रहेको बताएका छन्।

आज ८ रिटमा बहस भएको छ। तर दलहरुको रिटमा भने बहस सुरु नै भएन। सुरुमै बन्दी पुगेका थिए। उनले न्यायाधीश श्रेष्ठमाथि प्रश्न उठाएलगत्तै आजको बहस रोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .