ad ad

राजनीति


यी हुन् देउवाको पक्षमा हस्ताक्षर गर्ने एमालेका २६ सांसद

यी हुन् देउवाको पक्षमा हस्ताक्षर गर्ने एमालेका २६ सांसद

नेपालखबर
जेठ ८, २०७८ शनिबार २:५३,

विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधामन्त्रीमा प्रस्ताव गरेर एक सय ४९ जना सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरकी छन्। जसको चौतर्फी विरोध भइरहेको छ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि दिएको समयसिमा भित्रै शुक्रबार एमाले संसदीय दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेका थिए। तर, भण्डारीले प्रधानमन्त्री बन्न ओली र देउवा दुबैको दाबी नपुगेको भन्दै शुक्रबार मध्यराति संसद् विघटन गरेपछि ओलीसँगै राष्ट्रपति भण्डारीको पनि चौतर्फी आलोचना भइरहेको छ।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टीका १२, एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहका २६ र राष्ट्रिय जनमोर्चा १ जना गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाले दावी पेश गरेका थिए।

ओलीले एमालेका १२१ र ३२ सांसद रहेको जसपाको समर्थन आफूलाई रहेको झूठो दाबी गर्दै प्रधानमन्त्रीका लागि दावी पेश गरेका थिए। देउवालाई समर्थन गर्ने नेपाल पक्षका २६ सांसद तथा उपेन्द्र यादव र बाबुराम भट्टराईसहित जसपाका सबै सांसद (३२ सांसद) को समर्थन आफूलाई रहेको ओलीको दाबी थियो। जसलाई राजनीतिक दल र संवैधानिक कानुनका जानकारीहरुले झुटो भन्दै आएका छन्।

देउवाको पक्षमा हस्ताक्षर गर्ने यी हुन् एमालेका २६ सांसद
१. झलनाथ खनाल
२. माधव नेपाल
३. पवित्रा निरौला खरेल
४. भीम रावल
५. यज्ञराज सुनुवार
६. घनश्याम भुसाल
७. विरोध खतिवडा
८. कृष्णलाल महर्जन
९. मुकुन्द न्यौपाने
१०. जीवनराम श्रेष्ठ
११. नारायण खतिवडा
१२. गणेश पहाडी
१३. गोकर्ण विष्ट
१४. सोमप्रसाद पाण्डे
१५. मेटमणी चौधरी
१६. झपट रावल
१७. भवानी खापुङ
१८. दिपकप्रकाश भट्ट
१९. सुरेन्द्र पाण्डे
२०. रामकुमारी झाँक्री
२१. सरला यादव
२२. पुष्पाकुमारी कर्ण
२३. कल्याणी खड्का
२४. निरादेवी जैरु
२५. कलिला खान
२६. लक्ष्मीकुमारी चौधरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .