ad ad

राजनीति


मौन अवधिमा प्रधानमन्त्री ओलीले मागे गृहमन्त्री थापालाई मत

मौन अवधिमा प्रधानमन्त्री ओलीले मागे गृहमन्त्री थापालाई मत

नेपालखबर
जेठ ५, २०७८ बुधबार ७:४३,

प्रधानमन्त्री केपी शर्मा ओलील राष्ट्रिय सभा निर्वाचनको मौन अवधिमा गृहमन्त्री रामहादुर थापा बादलका लागि मत मागेका छन्।

मतदान प्रक्रिया सुरु हुनुभन्दा २१ घण्टाअघि प्रधानमन्त्री ओलीले आफ्नो पार्टी एमालेका उम्मेदवारलाई जिताउनका लागि मत मागेका हुन्।

निर्वाचन आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै राति १२ बजेबाट मौन अवधि सुरु भएको भन्दै कुनै पनि माध्यमबाट उम्मेदवारको पक्षमा मत नमाग्ने निर्देशन दिएको थियो।
‘वागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि जेठ ३ गते राती १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भएको छ’ आयोगले बुधबार प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ।

यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने, एस.एम.एस. फेसवुक, भाइबर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने हुँदा उल्लिखित आचरणहरु पालना गर्न गराउन भनी आयोगले सबैसँग आग्रह गरेको छ।

यो पनिः रामबहादुर थापालाई मत दिन एमाले सांसदलाई निर्देशन दिँदै ओलीले भने– नदिए क्षम्य हुँदैन (वक्तव्य)

पार्टी अध्यक्षको हैसियतामा जारी गरेको विज्ञप्तिलाई प्रधानमन्त्रीको सचिवालयमा रहेका र अन्य एमाले नेताहरुले समेत सामाजिक सञ्जाल लगायतमा प्रचार प्रसार गरेका छन्।

निर्वाचन आयोगका प्रकक्ता राजकुमार श्रेष्ठले जेठ ३ गते रातिबाट मौन अवधि सुरु भइसकेको भन्दै अहिले कसैले मत मागेमा त्यो आचारसंहिताको उल्लघन हुने बताए।

प्रधानमन्त्रीले थापाको पक्षमा मत माग्दै अपिल प्रकाशित गरेको विषयमा भने उनले सो विषय औपचारिक रुपमा आयोगमा आइनसकेको उनले बताए।

यो पनिः
नेता नेपालले गृहमन्त्री थापालाई भने– चुनावमा सहयोग गर्न सक्ने स्थिति छैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .