ad ad

राजनीति


रामबहादुर थापालाई मत दिन एमाले सांसदलाई निर्देशन दिँदै ओलीले भने– नदिए क्षम्य हुँदैन (वक्तव्य)

रामबहादुर थापालाई मत दिन एमाले सांसदलाई निर्देशन दिँदै ओलीले भने– नदिए क्षम्य हुँदैन (वक्तव्य)

नेपालखबर
जेठ ५, २०७८ बुधबार ७:७,

नेकपा–एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभामा पार्टीका उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न पार्टीका मतदातालाई निर्देशन दिएका छन्।

उनले थापा नेपाली कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता भएको हुँदा उनलाई मतदान गर्दा नेपालको कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा बल पुग्ने बताएका छन्।

‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो,’ एक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले भनेका छन्, ‘यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैन।’

माओवादीबाट एमाले प्रवेश गरेका थापालाई एमालेले राष्ट्रिय सभाको उम्मेदवार बनाएको हो।

गृहमन्त्री समेत रहेका थापा वागमती प्रदेशबाट माओवादी उम्मेदवारको रुपमा राष्ट्रिय सभामा निर्वाचित भएका थिए। थापाले माओवादी दल त्याग गरी एमाले प्रवेश गरेपछि सो पद रिक्त भएको हो।

सोहि रिक्त पदमा जेठ ६ गते निर्वाचन हुन लागेको हो।

यो पनिः नेता नेपालले गृहमन्त्री थापालाई भने– चुनावमा सहयोग गर्न सक्ने स्थिति छैन

उनी अहिले एमाले पार्टीमा छन्। एमालेले रिक्त सो पदमा उनैलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले डा। खिमलाल देवकोटालाई अघि सारेको छ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन्।

प्रधानमन्त्री ओलीद्वारा जारी अपिल:

Oli appeal for Thapa

Oli appeal for Thapa 1

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .