ad ad

राजनीति


देउवालाई भेटेलगत्तै राष्ट्रपतिलाई भेट्न नेता नेपाल शीतल निवासमा

देउवालाई भेटेलगत्तै राष्ट्रपतिलाई भेट्न नेता नेपाल शीतल निवासमा

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार १४:५३,

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासँग छलफल गरेपछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्।

बिहीबार अपरान्ह बूढानीलकण्ठस्थित देउवा निवासमा दुई नेताबीच छलफल भएको थियो। त्यसलगत्तै नेता नेपाल राष्ट्रपति निवास पुगेका हुन्।

नेपालले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीलाई कुनैपनि हालतमा हटाउनुपर्ने पक्षमा रहेको कांग्रेसका नेतासँगको नेता नेपालको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .