ad ad

राजनीति


४ मन्त्रीसहित १२ सांसदमा कोरोना संक्रमण, विश्वासको मतदानमा के हुन्छ व्यवस्था?

४ मन्त्रीसहित १२ सांसदमा कोरोना संक्रमण, विश्वासको मतदानमा के हुन्छ व्यवस्था?

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ७:४८,

संघीय संसदको बैठकअघि गरिएको पीसीआर परीक्षणमा चार सांसदसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार सभामुखसहित १ सय २८ सांसद, सचिवालयमा कार्यरत कर्मचारी लगायत बैठकस्थलमा सहभागी हुने ६ सय ९ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये लक्ष्मणलाल कर्ण, पार्वती बीसी चौधरी, नरमाया ढकाल र रामबाबु कुमार यादब गरी चार जना सांसदमा कोरोना संक्रमण देखिएको संसद सचिवालयले जनाएको छ। ६ सय ९ जनाको परीक्षण गरिएकामध्ये संसद सचिवालयका तीन कर्मचारीमा पनि कोरोना देखिएको छ।

बाँकी सांसद र कर्मचारीको आज बिहीबार पनि स्वाव संकलन गरिएको सचिवालयले जानकारी दियो।

योसँगै अहिलेसम्म मन्त्रीसहित १४ जनालाई कोरोना पुष्टि भएको छ। मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, भानुभक्त ढकाल र जुलीकुमारी महतोलाई पनि कोरोना भएको छ।

रायमाझी र भट्टले भने माओवादी दल त्याग गरेपछि अहिले सांसद छैनन्।

त्यसैगरी, एमाले नेताहरु पूर्वप्रधानमन्त्री झलनाथ खनाल, रघुवीर महासेठ, किसान श्रेष्ठ, सुरेशकुमार राई, पुष्पाकुमारी कर्ण र खिमलाल भट्टराईलाई पनि कोरोना संक्रमण भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिनका लागि संसद बैठक आह्वान गरिएको हुँदा सांसद र कर्मचारीको कोरोना परीक्षण गरिएको हो।

संक्रमित सांसदले पनि विश्वासको मत दिन पाउनेछन्

स्रोतका अनुसार कोरोना संक्रमण पुष्टि भएका सांसदले पनि विश्वासको मत दिने पाउने गरी व्यवस्था गर्ने तयारी गरिएको छ।

कोरोना भएका सांसद बैठकमा सहभागी नहुने तर मतदान भने गर्न पाउने गरी व्यवस्था मिलाइएको स्रातले जनायो।

यसबारेको निर्णय भने सभामुखले बोलाउने कार्यव्यवस्था परामर्श समितिले तय गर्ने बताइएको छ।

‘कोरोना संक्रमण पुष्टि भएका सांसदहरु बैठकमा सहभागी हुन पाउँदैनन्,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘मत दिने कुरामा नरोकिने संभावना छ, त्यसबारेको औपचारिक निर्णय भने कार्यव्यवस्थाको बैठकबाट गरिनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .