नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेका छन्।
दिउँसो ३ बजे बुढानिलकण्ठस्थित देउवा निवासमा पत्रकार सम्मेलन गर्न लागिएको सभापति देउवाका स्वकीय भानु देउवाले जानकारी दिए।
कोरोनाको संक्रमण तीव्र रुपमा फैलिएपछि पार्टीको धारणा राख्न पत्रकार सम्मेलन राखिएको भानुले बताए।
‘कोभिडको पछिल्लो संकटको विषयमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखिएको हो,’ भानुले नेपालखबरसँग भने।
पछिल्लो दिन दोस्रो चरणको कोरोनाको महामारी देशभर तीव्ररुपमा फैलिएको छ। उपत्यका, नेपालगञ्ज र पर्सामा अस्पतालका बेड विरामीले भरिएका छन्। अक्सिजन नपाएर र उपचार नपाई विरामी मर्नुपर्ने डरलाग्दो अवस्था उत्पन्न भएको छ।
यसै विषयमा सभापति देउवाले पार्टी र आफ्नो धारणा सार्वजनक गर्न लागेका हुन्।
प्रतिक्रिया