प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुदै गएको बताएका छन्।
शनिबार पुनर्निर्मित धरहराको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कमजोर बनाउन प्रयास गर्ने सबै शक्तिहरु कमजोर हुदै गएको बताए।
नयाँ शासकीय व्यवस्थासँगै लोकतन्त्र सुदृढ हुदै गएको र लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहहरु कमजोर हुदै गएको प्रधानमन्त्रीको भनाई छ।
उनले भने ,'लोकतन्त्र सुदृढ हुँदै गएको छ। लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहहरु कमजोर हुँदै गएका छन्। र विभिन्न प्रकारले देश, जनता , विकास, सम्मृद्धि र जनताको सुखसँग मतलब नभएका स्वार्थमा तल्लिन तत्वहरु छटपटाईरहेका छन्।'
धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै उनले आआफ्ना घरमा साँझ दीपावली गर्न सबैलाई आव्हान गरे।
प्रतिक्रिया