ad ad

राजनीति


धरहरा पुनर्निर्माण भएको खुसीयालीमा दीपावली गरौं : प्रधानमन्त्री ओली

धरहरा पुनर्निर्माण भएको खुसीयालीमा दीपावली गरौं : प्रधानमन्त्री ओली

नेपालखबर
बैशाख ११, २०७८ शनिबार ७:३०,

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माण भएको खुसीयालीमा दीपावली गर्न आग्रह गरेका छन्।

पुनर्निर्मित धरहराको उद्घाटन समारोहमा बोल्दै ओलीले धरहरा पुनर्निमार्ण भएको अवसरमा काठमाडौंवासीले दीपावली गर्ने अपेक्षा राखे।

'आजको यो दिनमा कमसेकम आफ्नो घरमा दीपावली गरौं भनेर अनुरोध गर्छु', उनले भने 'धरहरा पुनर्निर्माण हुने रहेछ, रानीपोखरी बन्नेरहेछ, बन्यो। मेलम्चीको पानी आउने रहेछ आयो। वृहत टुँडिखेलको योजना बन्दै छ, त्यो पनि सफल हुन्छ।'

उनले काठामाडौंलाई नयाँ स्वरुप दिने बताए। विश्वका मानिसलाई काठमाडौं आउँ आउँ जस्तो सहर बनाउने ओलीले प्रष्ट्याए। एक पटक घुमेर हुँदैन फेरि आउनु पर्छ जस्तो काठमाडौं बनाउने उनले बताए।
कोरान महामारी भनेर नरोकिइ रानीपखेरी र धरहरा पुनर्निर्माण गरेको उनले बताए।

धरहरामा परेर ज्यान गुमाएका परिवारहरुलाई यसमा सिर्जना हुने अवसरमा सहभागी गराउने उनले बताए। परिवारको एक जनालाई प्राथमिकताका साथ रोजगारी उपलव्ध गराउने उनको भनाई छ।

देशलाइ चाहिने सामान आफै उत्पादन गर्ने दिशामा सरकार अघि बढेको ओलीले बताए। 'जे चिज हामीलाई चिहिन्छ त्यो हामी आफै उत्पादन गर्नु पर्छ', उनले भने, 'टेलिभिजन हामी आफै किन उत्पादन नगर्ने। अहिलेसम्म हामी अरुको बजार बनेका छौं। कमाएको बाहिर पठाउँछौ।'

सरकार आफ्ना लागि आफै उत्पादन गर्ने विषयमा लागेको र त्यसका नतिजाहरु देखनि पनि थालेका उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .