ad ad

राजनीति


सभामुख सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासमा

सभामुख सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासमा

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ५:७,

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा परेको द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासको पेसीमा चढेको छ।

द्वन्द्वकालमा भएको एक हत्यामा प्रमुख दोषी रहेको दाबी गर्दै सभामुख सापकोटाविरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको  इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन्।

यसअघि पटकपटक पेसी तोकिए पनि सुनुवाइ हुन नसकेको मुद्दा आज बुधबार नियमित पेसीमा राखिएको हो। तर यसभन्दा माथि अन्य धेरै मुद्दा भएकाले आज सुनुवाइ हुने/नहुने निश्चित नभएको अदालत स्रोतले जनाएको छ।

माओवादी द्वन्द्वका बेला काभ्रेका अर्जुन लामा अपहरणपछि हत्या गरिएको घटनामा तत्कालीन माओवादी नेता सापकोटा प्रमुख दोषी रहेको दाबीसहित २०६८ सालमा सर्वाेच्चमा मुद्दा हालिएको थियो।

मुद्दाको प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले मुद्दा संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .