ad ad

राजनीति


संसद अधिवेशन अप्रत्याशित अन्त्य गरिनु आपत्तिजनक : कांग्रेस

संसद अधिवेशन अप्रत्याशित अन्त्य गरिनु आपत्तिजनक : कांग्रेस

नेपालखबर
बैशाख ६, २०७८ सोमबार १६:१२,

नेपाली कांग्रेसले संसदको अधिवेशन हठात अन्त्य गरिएको भन्दै भर्त्सना गरेको छ।

केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका विभिन्न प्रस्तावहरु पारित गरेको कांग्रेसले जनाएको छ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले प्रतिनिधि सभाको अधिवेशन अप्रत्याशित र हठात अन्त्य गरेको विषयलाई बैठकले गम्भीरतापूर्वक लिएको छ। वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नु पर्ने जनसरोकारका कयौं महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति वर्खिलाप रहेको ठहर बैठकले गरेको छ।’

यस्तै कांग्रेस बैठकले कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलता दृष्टिगत गरेर जनताको जीवन रक्षाका लागि अविलम्व विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

विश्व बजारमा उपलब्ध भइसकेको भ्याक्सिन पर्याप्त रुपले आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षा’ को व्यापक र द्रुत अभियान संचालन गर्न सरकार समक्ष जोडदार माग गरिएको छ।

साथै कोरोनाबाट जोगिन सर्तकताका साथ सुरक्षाका रणनीतिहरु अनिवार्य रुपले पालना गर्न आम जनतालाई समेत अपिल गर्ने निर्णय बैठकले गरेको छ।

यस्तै, कांग्रेसले क्रियाशील सदस्यता नविकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ २०७८ वैशाख १५ गतेभित्र गरी सक्नु पर्ने अन्तिम मिति निर्धारण गरेको छ। सो राती १२ बजे कम्प्युटर सफ्टवेयरमा ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतः बन्द गरिने जनाइएको छ।

आजको बैठकमा नेता रामचन्द्र पौडेल, बलबहादुर केसी, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया र कर्णबहादुर बुढाले आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .