ad ad

राजनीति


सीमा विवादः चीन हट स्प्रिङ र गोगरा पोस्टबाट पछाडि हट्न नमानेको भारतको आरोप

सीमा विवादः चीन हट स्प्रिङ र गोगरा पोस्टबाट पछाडि हट्न नमानेको भारतको आरोप

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ८:२४,

लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल एलएसीमा जारी तनाव सुल्झाउन हालै दुवैदेशका कमाण्डरबीच छलफल भएको थियो।

तर भारतीय सेना सो क्षेत्रबाट पछि हट्न राजी भएपनि चीन पक्षले यस विषयमा आनाकानी गरेको भारतले जनाएको छ।

एन्डियन एक्सप्रेसमा प्रकाशित खबरअनुसार पूर्वी लद्दाखमा एलएसीको विवाद सुरु भएको एकवर्ष पुरा भएको छ।

तनाव समाधान गर्नका लागि सेनास्तरमा ११ पटक वार्ता हुँदा पनि समस्या टरेको छैन। यसै अप्रिलको ९ तारिखमा दुवै देशका कमाण्डरबीच भएको वार्तामा चिनियाँ पक्षले हट स्प्रिङ र गोगरा पोस्टबाट सेना फर्काउन नमानेका हुन्।

देपसाङ प्लेनसहित यस क्षेत्रमा सैन्य उपस्थिती हुँदा दुवै देशबीच तनाव बढेको छ। पाङगोङ सो ताल र कैलाशको उत्तर र दक्षिण क्षेत्र वरपरबाट भने दुवै देशले सेना फर्काएका छन्।

गतवर्षको जुन १५ मा विवादित गलवानमा दुवै देशका सेनाबीच झडप भएको थियो। सो क्रममा २० भारतीय सेना र ४ चिनियाँ सेनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .