ad ad

राजनीति


विवादबीच जलवायु परिवर्तनको विषयमा एक भएर काम गर्ने अमेरिका र चीनको सहमति

विवादबीच जलवायु परिवर्तनको विषयमा एक भएर काम गर्ने अमेरिका र चीनको सहमति

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ६:४४,

गतहप्ता कयौंपटक चिनियाँ जलवायु दूत सी जेनहुवा र उनका समकक्षी जोन केरीबीच सांघाइमा छलफल भएको थियो।

सो क्रममा जलवायु परिवर्तनको समस्यालाई रोक्न अमेरिका र चीन सहमत भएको आइतबार संयुक्त वक्तव्य जारी गर्दै जानकारी दिइएको हो।

वक्तव्यका अनुसार जेनहुवा र केरीबीच उत्सर्जन घटाउने थप विशेष कार्यहरूमा पनि सहमति भएको छ।

बीबीसीका अनुसार यसैहप्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले भिडिओ कन्फ्रेन्समार्फत् जलवायु सम्मेलन आयोजना गर्दैछन्। विश्वका कयौं देशसँगै चीनपनि यसमा सहभागी हुनेछ।

यद्यपी चिनियाँ राष्ट्रपति सी चिनफिङ नै सम्मेलनमा उपस्थित हुने या नहुने भनेर केही जानकारी दिइएको छैन।

‘संयुक्त राज्य अमेरिका र चीन एकअर्कासँग साथै अन्य देशहरूसँग मिलेर जलवायु संकटलाई सम्बोधन गर्न प्रतिबद्ध छ, यो सम्स्यालाई गम्भीरता र जरुरीताका साथ सम्बोधन गर्नुपर्दछ’ विज्ञप्तीमा भनिएको छ।

जलवायु संकटसँगै सम्बन्धित सन् २०१६ को पेरिस सम्झौता बमोजिम अमेरिका र चीनबीच विश्व तापमान तथा उत्सर्जन घटाउने विषयमा लगातार छलफल जारी राखिने पनि सम्झौता भएको छ।

यसअघि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पेरिस सम्झौताबाट अलग्याएका थिए। बाइडेन राष्ट्रपति बनेसँगै उनले ट्रम्पका हरेक नीति उल्ट्याएका छन्।

पेरिस सम्झौतामा फेरि आवद्ध हुनेमा पनि बाइडेन सकरात्मक छन्। अमेरिका र चीनबीच जलवायु परिवर्नत समस्यालाई सुल्झाउने विषयमा एक हुने सहमति भएपछि यसलाई विज्ञहरुले सकारात्मक सन्देशको रुपमा लिएका छन्।

बाइडेन अमेरिकी राष्ट्रपति बनेपछि पहिलोपटक अमेरिका र चीनबीच लाभदायी छलफल र सम्झौता भएको हो।

यद्यपी अमेरिका र चीनबीच प्रविधि, व्यापार, मानवअधिकार, दक्षिण चीन सागर लगायतका विभिन्न मुद्दामा गहिरो मतभेद रहँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .