प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कृषि तथा वन विश्वविद्यालय चितवनमा नेपाल विद्यार्थी संघका विद्यार्थीहरुमाथि सांघातिक आक्रमण भएको भन्दै भत्सर्ना गरेको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले घटनाका दोषीहरुलाई अविलम्ब गिरफ्तार गरेर कारबाही गर्न सरकार समक्ष माग गरेका छन्।
‘शान्तिपूर्ण विचार प्रकट गर्ने र ज्ञानको अनुसन्धान गर्ने चेतनाको केन्द्र शैक्षिक स्थलहरुमा कहिँ पनि कोहिबाट पनि हुने हिंसात्मक बल प्रयोग कहिल्यै पनि क्षम्य हुन्न र हुन सक्दैन’ शर्माले भनेका छन्, ‘यस्तो प्रवृत्ति देशको जुनसुकै कुनामा आफ्ना निकटबाट होस् या अन्यबाट नेपाली कांग्रेस नितिगत रुपले नै त्यसका विरुद्ध सदैव उभिन्छ’
घटनामा घाइते भएका विद्यार्थी नेताहरू दिपेश बानियाँ र खेमराज उपाध्यायको स्थानीय अस्पतालमा उपचार भइ रहेको कांग्रेसले जनाएको छ। सोनाम लामा र हिमाल आचार्य लगायतका विद्यार्थीहरु पनि घाइते भएको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया