ad ad

राजनीति


सीता दाहालको भावुक बनाउने फोटो राख्नुको कारणबारे यसो भन्छिन् रेनु

सीता दाहालको भावुक बनाउने फोटो राख्नुको कारणबारे यसो भन्छिन् रेनु

नेपालखबर
चैत २९, २०७७ आइतबार ११:३०,

गम्भीर स्वास्थ्य अवस्थामा रहेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको तस्बिर उनका छोरीहरुले सामाजिक सञ्जालमा सेयर गरेपछि उनको अवस्थाबारे अहिले सार्वजनिक चासोे बढेको छ।

छोरी रेनु र गंगा दुबैले आमा सीतालाई अंगालो हालेर शनिबार सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गरेपछि धेरैले उनको अवस्थाबारे चासो व्यक्त गरेका हुन्।

चितवनको भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी रेनु दाहालले भने आमाको अवस्था पहिलेजस्तै भएको बताइन्।

शनिबार तस्बिर सार्वजनिक गर्नुको कारणबारे जिज्ञासा राख्दा उनले चितवन आएको बेला पारेर खिचाएको प्रतिक्रिया दिइन्।

‘आमा हिजो (शनिबार) चितवन आउनुभएको थियो,’ रेनुले भनिन, ‘मैले आमाको फोटो राख्दा मानिसले झन् जटिल भएको हो कि भन्ठानेछन्, अवस्था त नाजुकै छ, अहिले पनि उहाँको अवस्था स्थिर नै छ, अरु केही होइन।’

Sita Renu GangaDahal 1

उनले आमा सीतालाई नियमितरुपमा नदेखकाहरुलाई फोटो देख्दा अस्वभाविक लागेपनि सँधै साथमै रहने भएका कारण आफूहरुलाई त्यस्तो नलाग्ने बताइन्।

‘नदेखेकाहरुले एक्कासी फोटो देख्दा त डरलाग्दै छ नी, दुब्लाएर एकदमै कमजोर बन्नुभएको देखिन्छ। फोटो देख्दा अलि भावुक बनाउँछ, अहिले अवस्था धेरै गम्भीर भएको भए मैले राख्दै राख्दैन थिएँ नि,’ रेनुले भनिन्।

पार्टी अध्यक्ष प्रचण्ड आफू चितवन जाँदा सीता दाहाललाई साथमै लिएर गएका हुन्।

उनी आज आइतबार अपरान्ह काठमाडौं फर्केका छन्।

उनले आमा चितवनमा रहँदाको सम्झना मात्र सेयर गरेको उनले बताइन्।

‘आमासँगको सम्झना मात्र सेयर गरेको हुँ, यस्तो छ अवस्था भन्नेपनि भएर राखेँ,’ उनले थपिन्।

मेयर रेनु १०, १५ दिनको अन्तरालमा काठमाडौं आइरहे पनि आमा चितवनमा रहेका बेला पारेर मात्र तस्बिर सार्वजनिक गरेको उनको भनाइ छ।

जेठी छोरी ज्ञानु दाहालको क्यान्सरका कारण मृत्यु भएपछि ०७४ को दसैँअघि सीता गम्भीर बिरामी परेकी थिइन्।

सोही वर्षको मंसिर ३ गते उनका छोरा प्रकाशको निधन भएपछि उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको हो।

उनलाई २०७५ साउनमा उपचारका लागि सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल लगिएको थियो।

सो अस्पतालले सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) भएको बताएको थियो।

त्यसपछि बिभिन्न अस्पतालमा उपचार गराउँदै आएपनि उनको स्वास्थ्यमा सुधार भएको छैन ।

उनलाई २०७५ चैत ३ गते अमेरिकाको जोन हकिन्स अस्पताल लगेर पनि उपचार गराइएको थियो।

यस्तै २०७६ साउनमा यूएईस्थित एक अस्पताल र गत वर्ष भारतको हरिद्वारमा रहेको पतञ्जली योगपिठमा लगेर आयुर्वेदिक विधिबाट पनि सीताको उपचार गरिएको थियो।

पुस १५ गते फेरि स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। पुस २० गते थप उपचारका लागि भारतको मुम्बईस्थित न्यूरोजेन व्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचार गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .