ad ad

राजनीति


गगन थापाको प्रश्न : मन्त्रीज्यू कोरोना छानी छानी आउँछ र? नियम नेतालाई नलाग्ने जनतालाई लाग्ने हो?

गगन थापाको प्रश्न : मन्त्रीज्यू कोरोना छानी छानी आउँछ र? नियम नेतालाई नलाग्ने जनतालाई लाग्ने हो?

नेपालखबर
चैत २३, २०७७ सोमबार १०:५६,

सांसद गगन थापाले सरकारले कोरोना संक्रमण नियन्त्रणबारे जनतालाई नियम लगाउने तर सरकारको नेतृत्वमा रहेकाहरुले नै त्यसको उल्लंघन गरेको बताए।

सरकारले जनतालाई होली नखेल्न भिडभाड नगर्न भने पनि राष्ट्रपति, प्रधानमन्त्री र सांसद समेतले भने त्यसको उल्लंघन गरेको उनले बताए।

प्रतिनिधि सभा बैठकमा उपस्थित स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई प्रश्न गर्दै उनले के यो प्रधानमन्त्री, मन्त्री, सांसदलाई नलाग्ने र सर्वसाधारणलाई मात्र लाग्ने हो?

‘सरकारले जनतालाई होली नखेल्न, भिडभाड नगर्न भन्यो, तर प्रधानमन्त्री त हजारौं मानिसलाई राखेर फुटबल हेर्न जानुभयो। फुटबल हेर्न मिल्ने, होली खेल्न नमिल्ने?’ संसदमा उनले प्रश्न गरे।

सरकारले जनतालाई अनावश्यक भिडभाड, सभा सम्मेलन नगर्न भन्ने तर अर्कोतर्फ राष्ट्रपतिले चाहिँ ‘धारा खोल्ने, बाल्टिन थाप्ने तमासा गरेको’ उनको भनाइ थियो।

‘सरकारको पनि सभा चलिरहेको छ, हाम्रो पनि सभा चलिरहेको छ, सरकारको पनि जुलुस चलिरहेको छ, हाम्रो पनि जुलुस चलिरहेको छ, तर जनतालाई भन्छ, पर्व नगर, जात्रा नगर,’ उनले संसद बैठकमा भने।

रोष्ट्रममा उभिएका स्वास्थ्यमन्त्रीलाई थापाले आफ्नो सिटमा उभिएर प्रश्न गरे, ‘छानीछानी आउँछ र मन्त्रीज्यू यो कोरोना? सरकारलाई नलाग्ने, हामीलाई जुलुसमा नलाग्ने तर पर्वजात्रा गर्दा लाग्ने? यसबारे स्वास्थ्य मन्त्रालयको धारणा के हो?’

उनले पहिलोपटक कोरोना अघिअघि हामी पछिपछि हुँदा हाम्रो सिकाइ के रह्यो भनी प्रश्न गरे।

उनले दोस्रो लहर आउँदा पहिले भएका गल्ति नदोहोर्‍याउनका लागि यसअघिको सिकाइबाट के नयाँ कुरा गर्दैछौं भनी मन्त्रीसँग प्रश्न गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .