ad ad

राजनीति


सरकार र थारु कल्याणकारिणी सभाबीचको वार्ता सहमति नजिक

सरकार र थारु कल्याणकारिणी सभाबीचको वार्ता सहमति नजिक

नेपालखबर
चैत २२, २०७७ आइतबार १२:३१,

सरकार र थारु कल्याणकारिणी सभाबीच  आज (आइतबार) भएको वार्ता सहमति नजिक पुगेको छ।

वार्ताका क्रममा संघर्ष समितिले राखेका मागहरूका बारेमा थप ब्याख्या र छलफल भएको सरकारी वार्ता टोलीका सदस्य एवम् प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए।

आइतबार ट्वीट गर्दै भट्टराईले दोस्रो चरणको वार्ता आज सम्पन्न भएको भन्दै वार्ता सहमति उन्मुख रहेको र अर्को चरणको वार्ता निकट भविष्यमा फेरि बस्ने बताए।

विभिन्न थारु संघ संगठनहरुले निलम्बित सांसद रेशम चौधरीको रिहाईलगायतका माग राखेर आन्दोलन गरेपछि सरकारले उनीहरुसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता समिति बनाएको थियो। टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पूर्वसासंद भगवती चौधरी सदस्य रहेका छन्।

थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेको वार्ता टोली रहेको छ। 

रेशम चौधरीलाई छुटाउन सरकारले थाल्यो थरुहटसँग वार्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .