ad ad

राजनीति


विवेकशील साझाका प्रवक्ता भन्छन्: पुत्रशोकमा रोइरहेको तस्बिर राखेर घोचपेच गर्न कसरी सकेका होलान् !

विवेकशील साझाका प्रवक्ता भन्छन्: पुत्रशोकमा रोइरहेको तस्बिर राखेर घोचपेच गर्न कसरी सकेका होलान् !

नेपालखबर
चैत २०, २०७७ शुक्रबार २:४९,

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छोराको निधनले भावविह्वल भइरहेका बेलाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर सामाजिक सञ्जालमा राखेर घोचपेच गरेकोप्रति विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले पनि आश्चर्य व्यक्त गरेका छन्।

नेकपा खारेजको फैसलाविरुद्ध प्रचण्डले दिएको पुनरवलोकन मुद्दा बिहीबार सर्वाेच्च अदालतले अस्वीकार गरेपछि एमाले केन्द्रीय सदस्यसमेत रहेका ओलीका प्रेस सल्लाहकार थापाले छोरा प्रकाश दाहालको निधन भएका बेला प्रचण्ड रोइरहेको तस्बिर ट्विटमा राखेर कटाक्ष गरेका थिए।

तर व्यापक विरोध भएपछि थापा आफ्नो अमानवीय पोस्ट हटाउन बाध्य भएका थिए। त्यसको स्क्रिनसट भने अहिले पनि भाइरल भइरहेको छ।

यसै प्रसंगमा विवेकशील साझा पार्टीका प्रवक्ता पाठकले पनि विरोध जनाएका हुन्।

‘पचण्ड पुत्रको निधनले दुःख लागेर मैले चितवन क्षेत्र नम्बर ३ मा सो दिन र भोलिपल्ट चुनावी प्रचार स्थगित गरेको थिएँ,’ पाठकले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुत्रशोकले विह्वल भएर प्रचण्ड रुँदाको फोटो राखेर प्रमका सल्लाहकार, उनका पूर्वसहकर्मी नेताले घोचपेचयुक्त ट्विट लेखेछन्, कसरी सक्छन्!’

उनले अगाडि लेखेका छन्, ‘सुसंस्कृत राजनीति आजको आवश्यकता।’

sharadtwi

यी पनि :

प्रचण्डविरुद्धको अमानवीय ट्विट हटाउन बाध्य भए सूर्य थापा, स्क्रिनसट भयो भाइरल

असंवेदनशील ट्विट गरेपछि सूर्य थापाको ट्विटर ह्यान्डल बन्द गराउन धमाधम रिपोर्ट गरिँदै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .