ad ad

राजनीति


माधव नेपाललाई शंकर पोखरेलको कटाक्ष : नवौं महाधिवेशनमा हारेको तोड

माधव नेपाललाई शंकर पोखरेलको कटाक्ष : नवौं महाधिवेशनमा हारेको तोड

नेपालखबर
चैत २०, २०७७ शुक्रबार १:१६,

नेकपा एमालेमा ओली पक्षका नेता शंकर पोखरेलले पार्टीमा अहिले भइरहेको अन्तरसंघर्ष नवौं महाधिवेशनमा माधवकुमार नेपाल हारेको तोड भएको टिप्पणी गरेका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत नेता नेपाललाई कटाक्ष गरेका हुन्।

‘बुटवल अधिवेशनबाट एमालेमा दुई कार्यकाल मात्र कार्यकारी पदमा बस्ने विधान बनाइयो। तर नवौं अधिवेशनमा माधव कमरेड आफैं चौथो कार्यकालका लागि उमेदवार बन्नुभो र चुनाव हार्नुभो,’ पोखरेलले ट्विट गरेका छन्, ‘आज एमालेभित्रको अन्तरसंघर्षमा त्यही हारको तोडले काम गरेको छ।’

shankartwima

पार्टीको नाम विवादसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले गत फागुन २३ गते ऋषि कट्टेलको नेकपा वैधानिक, एमाले–माओवादी केन्द्र मिलेर पछि बनेको नेकपा अवैधानिक भएको फैसला गरेपछि ब्युँतिएको एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच तीव्र टक्कर परिरहेको छ।

अदालतको फैसला आएको एक हप्ता पनि नबित्दै ओलीले फागुन २८ गते आफूपक्षीय केन्द्रीय कमिटीको बैठक राखी माधव नेपाल र झलनाख खनाल पक्षका पद र जिम्मेवारी मात्र खोसेनन् गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्यसमेत बनाए।

जसका कारण रुष्ट बनेको नेपाल–खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेलालगायत छुट्टै गतिविधि गरिरहेको छ, समानान्तर कमिटी बनाइरहेको छ। यही आरोपमा ओलीले नेपाल पक्षका नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि भन्दै पार्टीको साधारण सदस्यतबाट समेत निलम्बन गरिसकेका छन्। एमाले लगभग फुट्ने संघारमा पुगिसकेको छ। यसैकारण अहिले ओली र नेपाल पक्षका नेताबीच एकअर्कालाई आरोप–प्रत्यारोप चलिरहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .