नेकपा एमालेभित्र द्वन्द्व चर्किरहेका बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि भन्दै पार्टीको साधारण सदस्यताबाटै निलम्बन गरेपछि तरंग पैदा भएको छ।
यस विषयमा अहिले ओली र नेपाल दुवै पक्षका नेताबाट एकपछि अर्काे प्रतिक्रिया आइरहेका छन्।
यसै क्रममा ओली समूहका नेता शंकर पोखरेलले पार्टीको परम्परा र विधान ख्याल गर्ने हो भने उद्वेलित हुनुपर्ने अवस्था नरहेको बताएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले कारबाहीको निर्णयले सबैको हित गर्ने दाबीसमेत गरेका छन्।
‘विगतमा स्थापित परम्परा र पार्टीको वैधानिक व्यवस्थालाई ख्याल गर्ने हो भने उद्वेलित हुनुपर्दैन,’ नेताद्वय नेपाल र रावललाई निलम्बन गरिएकै दिन सोमबार राति पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टी अनुशासनले सबैको हित गर्छ।’
Shares
प्रतिक्रिया