ad ad

राजनीति


नेपाल र रावललाई निलम्बन गर्ने ओलीलाई रामकुमारी झाँक्रीको चेतावनी : पृथ्वी गोलो छ

नेपाल र रावललाई निलम्बन गर्ने ओलीलाई रामकुमारी झाँक्रीको चेतावनी : पृथ्वी गोलो छ

नेपालखबर
चैत १६, २०७७ सोमबार २३:४,

नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र भीम रावलालई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेपछि नेपाल पक्षका नेता आक्रोशित भएका छन्।

सामाजिक सञ्जालमार्फत उनीहरूले विरोध जनाइरहेका छन्।

यसै क्रममा नेत्री रामकुमारी झाँक्रीले अरूलाई अपमान र कारबाही गर्नु कमजोरहरूको अन्तिम अस्त्र भन्दै कारबाही गर्ने पक्षलाई चेतावनी दिएकी छन्।

सांसदसमेत रहेकी नेत्री झाँक्रीले नेताद्वय नेपाल र रावललाई निलम्बन गरिएको दिन सोमबार राति सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कमजोरहरूको अन्तिम अस्त्र हो– जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने। हेक्का होस्– पृथ्वी गोलो छ।’

पार्टीविरोधी गतिविधि गरेको तथा ‘कारबाहीयोग्य’ स्पष्टीकरण दिएको आरोपमा अध्यक्ष ओलीले नेताद्वय नेपाल र रावललाई कारबाहीस्वरूप अध्यक्ष ओलीले ६ महिनाका लागि एमालेको साधारण सदस्यताबाट निलम्बन गरिएको घोषणा गरेका हुन्। अझै ‘नसच्चिए’ थप कारबाही गरिने चेतावनी उनले दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .