ad ad

राजनीति


प्रतिनिधि सभाले बिस्तारै लय समात्छ : सभामुख सापकोटा

प्रतिनिधि सभाले बिस्तारै लय समात्छ : सभामुख सापकोटा

नेपालखबर
चैत ७, २०७७ शनिबार ११:२०,

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले बिस्तारै लय समात्ने बताएका छन्।

शनिबार जीपी कोइराला मेमोरियल (सामुदायिक) कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।

संसद छलफल, बहस, बादविवाद र संवाद हुँदै अघि बढ्ने भन्दै उनले चुनौतीहरुको सामना गर्न प्रतिकूलतामा पनि अनुकूलता खोज्ने उपायहरु खोजिरहेको बताए। संसदको अनेकौ चुनौतीहरुको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेको पनि उनको भनाइ छ।

‘अलिकति समस्याहरु छन्। त्यसलाई लयमा फर्काउनको लागि बढी नै मेहनत गर्नुपर्ने आवश्यकता छ। तर, हिजोबाट तपाईंहरुलाई लाग्यो होला अब त्यसले लय समात्छ। त्यसले गति लिन्छ। त्यो जीवन्त र जनमुखी हुने नै छ’, उनले भने, ‘हामीले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रण गरेका छौँ। संसदको मुख्य काम कानुन निर्माण गर्ने हो । कानुन निर्माण गर्ने कुरामा हामी अनेकन चुनौतीको सामना गर्दै त्यसलाई गुणस्तरीय कानुन निर्माण गर्नका लागि भगिरथ प्रयत्न गर्दैछौँ र त्यसपछि बनेको कानुनहरु कार्यान्वयन गर्ने हाम्रो कर्तव्य हुनेछ।’

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले राजनीतिक पार्टीहरु बीच सहमति र सहकार्य हुन नसकेको भन्दै सहमति साथ मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजानु आवश्यक रहेको बताए। ‘मुलुक तरलताको अवस्थामा छ। अझै पनि राजनीतिक पार्टीमा सहमति, सहकार्य र एकता हुन सकेको छैन’, उनले भने, ‘मुलुकलाई समृद्धितर्फ, राजनीतिक स्थिरतातर्फ लगेर जान आवश्यक छ।’

सांसद प्रधानले राजनीतिक सहमति नभए मुलुकमा अस्थिरता हुनाले देशमा विकास र शान्ति नहुने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .