ad ad

राजनीति


शंकर पोखरेल भन्छन् : अध्यक्ष ओलीमाथि नयाँ आवरणमा घेराबन्दी र प्रहार गरियो

शंकर पोखरेल भन्छन् : अध्यक्ष ओलीमाथि नयाँ आवरणमा घेराबन्दी र प्रहार गरियो

नेपालखबर
चैत ४, २०७७ बुधबार १४:५९,

नेकपा–एमालेका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि घेराबन्दी र प्रहार गरिएको बताएका छन्।

त्यस्ता गतिबिधि अस्वीकार्य रहेको उनकाे भनाइ छ।

‘अहिले एमालेमा सिर्जित विवाद नेकपा भित्रको विवादको निरन्तरता हो,’ ओलीनिकट नेता पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नयाँ आवरणमा अध्यक्षमाथि गरिएको प्रहार र घेरावन्दी अस्विकार्य छ।’

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको समूहले पार्टीमा ओली प्रवृत्तिविरुद्ध लड्ने घोषणा गरेर राष्ट्रिय कार्यकर्ता भेला गरिरहेका बेला पोखरेलले सो धारणा व्यक्त गरेका हुन्।

‘पार्टी र आन्दोलनको मुख्य नेताका विरुद्धमा प्रहार केन्द्रित गरेर न पार्टी एकताको रक्षा हुन्छ न त आन्दोलनको हित र विकास नै,’ उनले भनेका छन्।

अदालतको आदेशबाट पूर्ववत् पार्टी एमाले ब्युँतिएपछि नेपाल–खनाल पक्षले पार्टी नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन तथा पदहरु पनि पूर्ववत् नै रहनुपर्ने अडान लिएका छन्। तर ओलीले भने हालै एकलौटीरुपमा पार्टीमा नेताहरुको मनोनयन तथा कार्यविभाजनमा हेरफेर गरेका छन्। त्यसो गर्दा उनले नेपाल पक्षका केहि नेताहरुलाई जिम्मेवारीविहीन नै गरेपछि पार्टीको ओलीइतर पक्ष थप आक्रामक भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .