ad ad

राजनीति


सरकारमा जाने रहर त छैन, आवश्यक परे कांग्रेसले नेतृत्व गर्छ : लेखक

सरकारमा जाने रहर त छैन, आवश्यक परे कांग्रेसले नेतृत्व गर्छ : लेखक

नेपालखबर
चैत ४, २०७७ बुधबार १३:४९,

नेपाली कांग्रेसका नेता रमेश लेखकले आवश्यकता परे नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन्।

आफूहरुले प्रतिपक्षीको भूमिका पाएकाले सरकार बनाउने चाहना र रहर नभए पनि आवश्यकता परे सरकार बनाउन तयार रहेको उनको भनाइ छ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘सरकार चलाउने जनादेश दिएको पार्टी सरकार सञ्चालनमा सक्षम भएन भने र स्थिरता दिन सकेन भने स्वभाविक रुपमा सरकारको नेतृत्व गर्ने जिम्मा प्रतिपक्षीमा आउँछ।’

यस्तै, नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले वर्तमान समयमा नेता र नेतृत्वको संकट देखा परेको बताए।

उनले नेतृत्वले पार्टी भित्रको अन्तरविरोध समाधान गर्नसक्नुपर्नेमा त्यसो हुन नसकेका कारण मुलुक संकटमा परेको बताए। पार्टी विभाजन हुनु दुखद कुरा भएको भन्दै उनले पार्टीभित्र उत्पन्न अन्तरविरोधहरुलाई जिम्मेबार नेताले समाधान गर्नुपर्ने धारणा राखे।

जनताले ५ वर्ष सरकार सञ्चालन गर भनेर पठाएपछि आन्तरिक अन्तरविरोध समाधान नगरेर जनप्रतिनिधि संस्था विघटन गर्ने प्रधानमन्त्री ओलीमा असल नेतृत्वको गुण नभएकाले आफूले नेता मान्न नसक्ने स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .