ad ad

राजनीति


एमाले सांसद भन्छन् : मुख्यमन्त्री शाहीलाई दिएको समर्थन कायमै छ, फिर्ता लिने निर्णय आधिकारिक होइन

एमाले सांसद भन्छन् :  मुख्यमन्त्री शाहीलाई दिएको समर्थन कायमै छ, फिर्ता लिने निर्णय आधिकारिक होइन

नेपालखबर
चैत ४, २०७७ बुधबार १०:५५,

नेकपा एमाले नेता कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय आधिकारिक नभएको बताएका छन्।

बुधबार बसेको संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउँदै समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

त्यसको केही समयमै मन्त्री ज्वालाले सामाजिक सञ्जालमार्फत उक्त निर्णय आधिकारिक नभएको बताएका हुन्।

उनले सं‌सदीय दलको नाममा गुटगत बैठक भएको र उक्त बैठक प्रचलित विधि, कानुन र प्रक्रियासम्मत नभएको बताए। उनले औपचारिक सूचना नदिइकन बोलाइएको बैठकले गरेका निर्णयप्रति आफूहरुको असहमति रहेको बताउँदै उक्त निर्णय आधिकारिक नभएको प्रस्ट पारेका हुन्।

उनले कर्णाली प्रदेश सरकारप्रति एमाले प्रदेश सभा दलको समर्थन कायमै रहेको बताएका छन्।

‘आज मिति २०७७ चैत्र ४ गते नेकपा (एमाले) प्रदेश सभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति हाम्रो ध्यानाकर्षण भएको छ। यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहान्छौँ’, बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा मन्त्री ज्वालाले लेखेका छन्, ‘औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति हाम्रो असहमति छ। यो नेकपा (एमाले) प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदछौँ। कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौँ।

आज मिति २०७७ चैत्र ४ गते नेकपा (एमाले) प्रदेश सभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।...

Posted by प्रकाश ज्वाला on Wednesday, March 17, 2021

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .