ad ad

राजनीति


कम्युनिस्ट पार्टीप्रति डा. भट्टराईको टिप्पणी : कुवाको भ्यागुतो जति उफ्रे पनि कुवैमा

कम्युनिस्ट पार्टीप्रति डा. भट्टराईको टिप्पणी : कुवाको भ्यागुतो जति उफ्रे पनि कुवैमा

नेपालखबर
चैत ३, २०७७ मंगलबार १०:४४,

नेकपा एमाले फुटको संघारमा पुगिरहेका बेला पूर्वकम्युनिस्ट नेता डा. बाबुराम भट्टराईले कम्युनिस्टहरूले पुरानो प्रवृत्ति नत्याग्दासम्म जति चिरा पनि कुनै उपलब्धि नहुने टिप्पणी गरेका छन्।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले नेपालको परिवेशमा हानिकारक साबित भइसकेका कम्युनिस्ट आन्दोलनका कपितय पुराना तथा गलत मान्यतारप्रणाली परिवर्तन गरी पुनर्संरचना नगरिँदासम्म केही हात नलाग्ने चेतावनी दिएका हुन्। 

मंगलबार अपराह्न डा। भट्टराईले सामाजिक सञ्जालमार्फत सुझाव दिएका छन्, ‘कुवाको भ्यागुतो जति उफ्रे पनि कुवैमा भनेझैं कम्युनिस्ट आन्दोलनका कतिपय पुराना, कतिपय गलत, कतिपय नेपालको ठोस परिस्थितिमा हानिकारक साबित भइसकेका विचार, मान्यता, प्रणाली त्यागेर समग्र अग्रगामी परिवर्तनकारी आन्दोलनलाई पुनर्संरचना गर्ने सोंचरआँट नभएसम्म केही हुँदैन है कणहरू !’ 

डा. भट्टराई तिनै नेता हुन्, जो १० वर्षसम्म माओवादी विद्रोहमा प्रचण्डसँगै सहभागी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .