ad ad

राजनीति


स्थायी कमिटी बैठकलगत्तै माओवादी केन्द्र जसपासँग छलफलमा, बाबुराम भट्टराई पनि सहभागी

स्थायी कमिटी बैठकलगत्तै माओवादी केन्द्र जसपासँग छलफलमा, बाबुराम भट्टराई पनि सहभागी

नेपालखबर
फागुन २९, २०७७ शनिबार ५:१५,

नेकपा माओवादी केन्द्रले आफ्नो स्थायी कमिटी बैठक सकेलगत्तै जनता समाजवादी पार्टी (जसपा) सँग छलफल थालेको छ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले दुई दलका नेताबीच छलफल जारी छ।

एक नेताका अनुासर छलफलमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,  नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र जनार्दन शर्मा, देव गुरुङ छन्। जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतो छन्। 

दुई पक्षबीच नयाँ सत्ता समीकरणलगायत विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ।

बिहीबार बसेको जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक समस्या समाधानका विषयमा प्रमुख दलसँग क्रमशः शीर्ष तहमा छलफल गर्ने निर्णय गरेको छ।

सोहीबमोजिम जसपाले एमाले र कांग्रेसपछि आज माओवादी केन्द्रसँग छलफल गरिरहेको हो।

याे पनि :  माओवादी केन्द्रको स्थायी कमिटी बैठकको निर्णय : गृहमन्त्री थापासहित आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने, एमालेमा लागेकालाई स्पष्टीकरण सोध्ने

मिलेर सत्तामा जान कांग्रेससँग जसपाको प्रस्ताव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .