ad ad

राजनीति


सत्ता समीकरणबारे जसपाले प्रमुख तीन दलसँगै कुरा गर्ने, वार्ताको जिम्मेवारीमा पाँच नेता

सत्ता समीकरणबारे जसपाले प्रमुख तीन दलसँगै कुरा गर्ने, वार्ताको जिम्मेवारीमा पाँच नेता

नेपालखबर
फागुन २७, २०७७ बिहिबार ९:२,

जनता समाजवादी पार्टीले सत्ता समीकरणको विषयमा संसदमा रहेका प्रमुख तीन दलसँग शीर्ष नेताले संयुक्त छलफल गर्ने निर्णय गरेको छ।

यसअघि सरकारमा सहभागिताको विषयमा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले छलफल गरिरहेका थिए।

बिहीबार पार्टी कार्यालयमा बसेको शीर्ष नेताको बैठकले वर्तमान राजनीतिक संकट अन्त्यका लागि नेकपा–एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलसँग पाँचै नेताले छलफल गर्ने निर्णय गरेको हो।

नयाँ सरकार बनाउन र प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता जोगाउनको लागि निर्णायक रहेको जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेताहरु अशोक राई र राजेन्द्र महतो रहेको शीर्ष नेताहरुको टोलीले सो जिम्मेवारी सम्हालेको हो।

‘अब राजनीतिक संकट समाधानको लागि संसदमा रहेका सबै दलसँग खुला रुपमा जसपाका पाँचै जना नेताले संयुक्त रुपमा छलफल गर्नुहुनेछ,’ भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले बताए।

जसपाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि चैत्र ५ गते पार्टीको कार्यकारिणी समितिको बैठक पनि बोलाएको छ।

जसपाको मंगलबार बसेको संसदीय दलको बैठकले सत्ता समीकरणमा आफ्नो पार्टीले उठाउँदै आएका मुद्दा सम्बोधन गर्नेसँग मिलेर जाने सहमति गरेका छन्।

अहिलेको राजनीतिक घटनाक्रमबारे साझा धारणा बनाएर जानको लागि बैठक बसिरहेको हो।

मंगलबार बसेको जसपाको संसदीय दलको बैठकले रेशम चौधरीमाथिको मुद्दा र मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मागलाई केन्द्रमा राखेर सबै पार्टीसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .