निर्वाचन आयोगले देशका सातै प्रदेश सभालाई नेकपा खारेज भएको तथा एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएको जानकारी गराएको छ।
सर्वाेच्च अदालतको फैसलाअनुसार अबदेखि नेकपा नरहेको र यसमा मिसिएका एमाले र माओवादी केन्द्र नै दलका रूपमा कायम भएको विषयमा आयोगले बिहीबार सातै प्रदेश सभाका सचिवालयमा पत्राचार गरेको हो।
आयोगको पत्रअनुसार संघीय संसदमा पनि आजैदेखि एमाले र माओवादी केन्द्रका सांसद छुट्टै लहरमा बस्न थालेका छन्। अब प्रदेश सभामा पनि यसैगरी दुई दल अलग-अलग बस्नुपर्नेछ।
3
Shares
प्रतिक्रिया