राष्ट्रपति डायाजले अमेरिकी आर्थिक प्रतिबन्धको विरोध गर्दै भेनेजुएलाका जनताको प्रतिष्ठा र क्षमतालाई कसैले होच्याउन नसक्ने बताएका छन्।
राष्ट्रपतिले शनिबार गरेको ट्वीटमा भनिएको छ, “भेनेजुएलाका जनताको बोलिभार क्रान्तिकारितालाई कुनै पनि बाह्य शक्तिले तोड्न सक्दैन।”
दुई हप्ताअघि क्युबाका राष्ट्रपति डायाजले भेनेजुएलाको भ्रमण गरेका थिए। साओ पाउलो फोरमको २५औं बैठकमा सहभागी हुन भेनेजुएला पुगेका राष्ट्रपति डायाजले भेनेजुएलाको संवैधानिक सङ्कट विदेशीको उक्साहटमा भएको बताए।
उक्त बैठकमा राष्ट्रपति डायाजले क्युबाले भेनेजुएलाप्रतिको आफ्नो अडान र विश्वास कहिल्यै नत्याग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमबार संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएलाको सम्पूर्ण सम्पत्ति रोक्का राख्ने आदेशमा हस्ताक्षर गरेका थिए।
अमेरिकाले विपक्षी नेता हुवाँ गुएइदोलाई अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएपछि भेनेजुएलाले अमेरिकासँगको कुटनीतिक सम्बन्ध गत जनवरीमै तोडेको थियो।
चीन, रुस लगायतका मूलुकले भने निकोलस मादुरोलाई संवैधानिक राष्ट्रपतिको मान्यता दिएको छ। सिन्ह्वा
प्रतिक्रिया