ad ad

राजनीति


सरकार र विप्लव नेकपाबीचको सहमति सकारात्मक : कमल थापा

सरकार र विप्लव नेकपाबीचको सहमति सकारात्मक : कमल थापा

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ७:३,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमति सकारात्मक भएको बताएका छन्।

सरकार र विप्लव नेकपाबीच बिहीबार तीन बुँदे सहमति भएको केही समयपछि नै अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।

उनले संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिवद्धता स्वागत योग्य भएको बताएका छन्।

‘नेपाल सरकार र नेकपा विप्लव समूहका बीचमा भएको सहमति सकारात्मक छ। संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागत योग्य छ’, अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्।

सरकार र विप्लव नेकपाबीच भएको सहमतिअनुसार विप्लव पक्षले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन्।

सहमतिको विस्तृत विवरण भोलि शुक्रबार दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने वार्ता टोलीले जनाएको छ।

सो समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र भूमिगत नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने समेत वार्ता टोलीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .