ad ad

राजनीति


मान्छेकै कारण मान्छे डाइनोसरजस्तै लोप हुने खतरा बढ्यो: सञ्चारमन्त्री

मान्छेकै कारण मान्छे डाइनोसरजस्तै लोप हुने खतरा बढ्यो:  सञ्चारमन्त्री

नेपालखबर
साउन २५, २०७६ शनिबार ९:२९,

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मानिसले वातावरण नजोगाए मानिस डाइनोसरको अवस्थामा पुग्ने बताएका छन्।

सूर्यविनायक नगरपालिका–२ बालकोटमा शनिबार सार्वजनिक निजी सहकारीयात्रा, स्वच्छ, सफा हरियाली सडक प्रवद्र्धन अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले मानवकै कारण मान डाइनोसर जस्तै लोप हुने अवस्थामा पुग्नसक्ने खतरा रहेको बताए।

उनले भने, ‘ठूला औद्योगिकरणको प्रत्यक्ष असर हिमाललाई परिरहेको छ, वातावरण प्रदूषण बढिरहेको छ, अव मानिस डाइनोसर हुने कि नहुने?’ विकास पृथ्वी र मावनजातीको हितका लागि भएकाले रुख रोप्ने, वातावरण जोगाउने, हिमाल जोगाउने अभियानमा नलागे मानव जीवनमा ठूलो सङ्कट आउने उनको भनाइ थियो।

सञ्चारमन्त्री बाँस्कोटाले ठूला औद्योगिकरणको असरले हिमाल पग्लिएर नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटानलाईसमेत निकै असर गरिसकेकाले सबै मिलेर वातावरण जोगाउन अग्रसर हुनुपर्ने बताए।

मानिसमा आफूले गल्ती गर्ने र दोष सरकारलाई दिने प्रवृत्ति बढेको बताउँदै मन्त्री बाँस्कोटाले भने, ‘मान्छे आफू बाटो मिच्छ, बाटो फराकिलो पार्न परे अलिकति जग्गा दिन मान्दैन, अनि बाटो भएन भनेर सरकालाई गाली गर्छ, मानिस आफ्नो घरको फोहर बाटोमा ल्याएर फाल्छ, अनि फोहर भो भनेर सरकारलाई गाली गर्छ, यस्तो प्रवृत्तिबाट मानिस अब माथि उठ्नुपर्छ।’

मुस्ताङको स्याऊ फालेर काश्मिरी स्याउ खोज्ने प्रवृत्ति अब अन्त्य गर्दै फलफूलमा पनि आत्मानिर्भर हुनुपर्नेमा उनले जोड दिए। उनले सडकको दायाँबायाँ पनि फलफूलका बिरुवा रोप्न सकिने बताए। कार्यक्रममा सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले अवका तीन वर्षमा भक्तपुरमा सडक निर्माण, ढल र खानेपानीका सबै समस्या समाधान हुने बताए।

उनले भक्तपुर रचनात्मक र सिर्जनशील रुपमा अगाडि बढेको चर्चा गर्दै राज्यको लगानीबिना नै शुरु भएको हनुमन्ते सफाइ अभियान, राजमार्ग सफाइ अभियान, हरियाली प्रवद्र्धन अभियान, सुरक्षित सडक अभियान, उज्यालो भक्तपुर अभियान सञ्चालन हुने जानकारी गराए।

कार्यक्रममा प्रदेश सभा सदस्य शशीजङ्ग बस्नेत, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, वडा नं– २ बालकोटका वडाध्यक्ष कमलनाथ आचार्य, अभियन्ता चन्द्रकृष्ण श्रेष्ठ, सिमा।कन समितिका संयोजक रवि राणा लगायतले हरियाली प्रवद्र्धन अभियान नमूनाको अभियान भएको बताए।

पहिलो चरणमा बालकोट चोकसम्म र दोस्रो चरणमा सिरुटार हुँदै बिरुवासम्म पेन्सिल धूपी रोप्ने अभियान सञ्चालन हुने भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .