सभामुखसहित संघीय संसद र राष्ट्रियसभाका सांसदहरुलाई आज कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ।
बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सांसदलाई कोरोनाविरुद्धको खोप लगाइने संघीय संसद सचिवालयले जनाएको छ। यही फागुन २३ गतेदेखि संघीय संसदको हिउँदै अधिवेशन सुरु हुँदै छ। अधिवेशनअघि सांसदलाई खोप लगाउन लागिएको हो।
प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, दुबै सदनका सांसदसहित उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारीलाई पनि खोप लगाइने छ।
त्यसैगरी संसदका मर्यादापालक र संसदीय मामिला पत्रकारलाई पनि खोप लगाइने सचिवालयले जनाएको छ। आज लगाउन छुटेका कमचारीलाई बिहीबार र शुक्रबार पनि खोप लगाइने छ। सरकारले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ।
प्रतिक्रिया