ad ad

राजनीति


प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालको प्रश्न : त्यसै गर्दा अहिलेचाहिँ नहुने किन रहेछ !

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालको प्रश्न : त्यसै गर्दा अहिलेचाहिँ नहुने किन रहेछ !

नेपालखबर
फागुन १६, २०७७ आइतबार १:३३,

संसद् पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठेपछि उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रतिरक्षा गरेका छन्।

२०५२ सालमा जे गरिएको र भनिएको थियो अहिले पनि त्यस्तै गर्न किन नमिल्ने भनेर रिमालले प्रश्न उठाएका हुन्।

‘प्रतिनिधिसभा विघटनको सिफारिस र सर्वोच्चबाट पुनःस्थापना,  प्रधानमन्त्रीको राजीनामा र नैतिकताको प्रश्न यी विषयमा,’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘प्रश्न गर्ने र जवाफ दिने हामीहरू २०५२ सालमा पनि थियौं र अहिले पनि छौं। त्यो बेला जे गरेका थियौंर भनेका थियौं, त्यसै गर्दा अहिलेचाहिँ नहुने किन रहेछ ?!’

याे पनि : माधव नेपाललाई ईश्वर पोखरेलको कटाक्ष : आफू उपप्रधानमन्त्री हुँदाको समय सम्झिनुस् !

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .