ad ad

राजनीति


आइन्स्टाइटनको भनाइ उद्धृत गर्दै डा. भट्टराईले भने : सरकार बनाउने खेलतिर लाग्नु विडम्बना !

आइन्स्टाइटनको भनाइ उद्धृत गर्दै डा. भट्टराईले भने : सरकार बनाउने खेलतिर लाग्नु विडम्बना !

नेपालखबर
फागुन १६, २०७७ आइतबार ०:११,

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले फेरि सरकार बनाउने खेल सुरु भएको भन्दै चिन्ता प्रकट गरेका छन्।

उही काम दाेहाेर्‍याएर फरक नतिजा खोज्नु पागलपन भएको भन्दै डा. भट्टराईले दलहरूलाई सांसदको टाउको गन्ने खेलतिर नलाग्न चेतावनी दिएका हुन्।

‘आइन्स्टाइटन भन्थे– पुरानै कुरा दोहोर्याउनु अनि नयाँ परिणाम खोज्नु पागलपन हो। संसद् पुनर्स्थापनापछि देशमा एक पक्ष अनेक बहाना गरेर संसद विघटनतिर लान खोज्नु र अर्को पक्ष विगतको कुनै समीक्षा नगरी सांसदको टाउको गन्ने र सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण छ,’ शनिबार राति डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैले आत्मसमीक्षा गर्ने कि?’

उपचारका सिलसिलामा हाल डा. भट्टराई भारतको नयाँदिल्लीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .