ad ad

राजनीति


टाउको गन्ने खेल नहोस्, जनताको चाहना राष्ट्रिय सहमति हो : डा. भट्टराई

टाउको गन्ने खेल नहोस्, जनताको चाहना राष्ट्रिय सहमति हो : डा. भट्टराई

नेपालखबर
फागुन १३, २०७७ बिहिबार ५:४४,

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतपछि राजनीति पुनः दल र नेताको कोर्टमा पुगेको बताएका छन्।

उनले दल र नेताको कोर्टमा राजनीति पुगेपछि पुरानै कुर्सको खेल सुरु हुने खतरा रहेको बताए।

उनले अब टाउको गन्ती,ज्योतिषको जोखाना,किनबेचको शृंखला चल्नसक्ने भन्दै जनता र देशको चाहना भने राष्ट्रिय सहमति रहेको बताएका छन्।

‘सुप्रिम कोर्टपछि राजनीति पुनः दल/नेताको कोर्टमा पुगेको छ।घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरू हुने खतरा छ। टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्छ। देशको आवश्यकता र जनताको चाहना दल र नेताले पाठ सिकून्। नयॉ राष्ट्रिय सहमति गरून् भन्ने छ है! चेतना भया!’, बिहीबार बिहान भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .