ad ad

राजनीति


संसद् विघटन मुद्दा आजदेखि हेर्दाहेर्दैमा, जुनसुकै बेला फैसला हुन सक्ने

संसद् विघटन मुद्दा आजदेखि हेर्दाहेर्दैमा, जुनसुकै बेला फैसला हुन सक्ने

नेपालखबर
फागुन ११, २०७७ मंगलबार १:१७,

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधि सभा विघटन मुद्दा आज (मंगलबार) देखि हेर्दाहेर्दैमा जाने भएको छ।

संसद् विघटनविरुद्ध परेका रिटका पक्ष र विपक्षमा बहस गरेका अधिवक्तालाई बहस नोट बुझाउन हिजो (सोमबार) सम्मको समय दिएको इजलासले आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला फैसला हुन सक्ने जानकारी गराएको हो।

संवैधानिक इजलासमा गत माघ ४ देखि भएको बहस गत शुक्रबार सकिएको थियो। 

संसद विघटनविरुद्ध परेका रिटबारे सुनुवाइ भने पुस ८ गते सुरु भएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले संविधानको धारा १३७ (३) बमोजिम मुद्दा संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो।

त्यसपछि संसद् विघटन मुद्दाको बहस संवैधानिक इजलासमा भएको थियो।

याे पनि :  

रमन श्रेष्ठको बहस नोट : फैसलाका लागि इजलासलाई सुझाए यी विषय

संसद विघटनको मुद्दाको फैसलाअघि न्यायाधीशलाई सुरक्षा बढाइयो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .