ad ad

राजनीति


प्रेस संगठनको इन्चार्जमा योगेश, संयोजकमा महेश्वर (सूचीसहित)

प्रेस संगठनको इन्चार्जमा योगेश, संयोजकमा महेश्वर (सूचीसहित)

नेपालखबर
फागुन ९, २०७७ आइतबार ९:२७,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले उसको पेशागत निकायतर्फको प्रेस संगठन नेपाल पुनर्गठन गरेको छ।

सो पार्टीले स्थायी समिति सदस्य योगेश भट्टराईलाई संगठनको इन्चार्ज चयन गर्दै सो पार्टीनिकट पत्रकारहरु आवद्ध रहेको संगठन पुनर्गठन गरेको हो।

संगठनको सहइन्चार्जमा महेश्वर दाहाल, ओमनाथ ढुङ्गाना, विष्णु रिजाललाई चयन गरिएको छ।

यसैगरी संगठनको संयोजकमा महेश्वर दाहाल, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णु सापकोटा चयन भएका छन्।

महासचिवमा राजेश राईलाई चयन गरिएको छ।

नेकपा विभाजित भएपछि उसका पेशागत संगठनहरुलाई पुनर्गठन गरिएको हो।

प्रेस संगठनले सातवटा प्रदेशसहित उपत्यका प्रदेश, एसोसियट प्रदेश, प्रतिष्ठान प्रदेश समेत पुनर्गठन गरेको छ।

जसअन्तर्गत प्रदेश १ को इन्चार्जमा राजन केडी, संयोजक देबेन्द्र कार्की, प्रदेश २ को इन्चार्जमा प्रकाश खतिवडा र संयोजकमा किरण कर्णलाई चयन गरिएको छ।

वागमती प्रदेशको इन्चार्जमा रामकुमार एलन र संयोजकमा सुनिल खड्का चयन भएका छन्।

गण्डकी प्रदेशको इन्चार्जमा हरिनारायण गौतम र संयोजकमा अर्जुन काफ्ले रहेका छन्।

लुम्बिनी प्रदेशको इन्चार्जमा विकास वञ्जाडे र संयोजक मानसिंह विक चुनिएको संगठनले जनाएको छ।

कर्णाली प्रदेशका इन्चार्जमा जीवन विसी र संयोजक गणेशकञ्चन भारती चयन भएका छन्।

सुदुरपश्चिम प्रदेश इन्चार्जमा रामसिंह ठगुन्ना र संयोजकमा नवाज भण्डारी चुनिएका छन्।

उपत्यका प्रदेश इन्चार्जमा सुरोजंग पाण्डे र संयोजकमा नवराज दाहाललाई चुनिएको छ।

एसोसियट प्रदेशको इन्चार्जमा ध्रुव लम्साल र संयोजकमा डब्बु क्षेत्री छानिएका छन्।

प्रतिष्ठान प्रदेशको इज्चार्ज विदुर खड्काले पाउँदा वीरेन्द्र ओली संयोजक चयन भएको संगठनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .