ad ad

राजनीति


विराटनगर आमसभा ड्रोनले पनि खिच्न सक्दैन, चन्द्रमाले मात्रै देखेको छ : ओली

विराटनगर आमसभा ड्रोनले पनि खिच्न सक्दैन, चन्द्रमाले मात्रै देखेको छ : ओली

नेपालखबर
फागुन ८, २०७७ शनिबार ११:१,

प्रधानमन्त्री केपी शर्मा ओली विराटनगरको शनिबारको आमसभा चन्द्रमाले मात्रै देख्न सक्ने बताएका छन्।

शनिबार नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सभालाई ड्रोन र क्यामेराहरुले खिच्न नसक्ने बताएका हुन्।

कार्यक्रममा सहभागीको संख्या उल्लेख्य भएपछि हौसियएका प्रधानमन्त्री ओलीले आमसभामा जनताको उपस्थिति कस्तो हुन्छ भन्ने हेर्नका लागि विराटनगर आउन चुनौति दिए।

‘अस्ती मरितरी गरेर दुई/चार हजारमान्छे जम्मा गरेर मलाई धाक लगाउँदै थिए, आह्वान गर्दै थिए, केपी ओली जनताको सहभागीता हेर्न यहाँ आउ भनेर’, उनले भने, ‘म तिनीहरुलाई एकपटक यता आँखा लगाउन अनुरोध गर्छु।’

उनले् धेरै मानिसहरु बस्ने ठाउँ हुँदैन भनेर घरमै टेलिभिजनमा हेरेर बसेको दावी गरे।

 उनले आजको सभाको उपस्थितको तस्बिर ड्रोनले खिचे पनि त्यो संख्या ड्रोनले पनि खिच्न नसक्ने बताए।

‘आजको सभा कत्रो छ भनेर ड्रोनले फोटोहरु पनि खिचिरहेका छन्, तर यी ड्रोनले पनि फोटो खिचेर सक्दैनन्। माथिबाट चन्द्रमाले मात्रै देख्या छ’, प्रधानमन्त्री ओलीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .